साप्ताहिक संवाददाता
- सुत्ने र उठ्ने समयमा तालमेल मिलाउने ।
- बिहान नित्य कर्म सकेपछि योग, ध्यान र मनिङ वाक गर्ने ।
- योगासनमा, सूर्य नमस्कार स्वास प्रश्वासलाई ध्यान दिएर बिस्तारै गर्ने, आसनमा शवआसन बढी गर्ने, र योगनिद्रा, प्राणयाममा अनुलोम बिलोम, भस्त्रिका मन्दगति गर्ने तथा भ्रामरी, ओमकार नाद र चन्द्र स्वर बढी गर्ने ।
- मनमा कुरा नखेलाउने ।
- माछामासु, कोलडिक, अल्कोहल जन्य खाना कम गर्ने ।
- कहिलेकाहीँ मौन व्रत लिने ।
- चिल्लो पिरो, अमिलो र तारेको भुटेकोबाट टाढा रहेन ।
- फलफूलमा अनार नखाने ।
- नुन कम गर्ने । नुनको सट्टा सागसब्जीबाट उत्पन्न नुन ग्रहण गर्ने ।
- चिनी, मैदाजन्य खाना त्याग गर्ने । यिनीहरूको सट्टामा किसमिस, मह, खजुर र सख्खर प्रयोग गर्ने ।
- बिहान–बेलुका दुवै समय सलाद खानु लाभप्रद हुन्छ ।
- कागती, भुइँकटहर, गोलभेंडा तथा अमलाजस्ता भिटामिन ‘सी’ युत फल लाभदायक हुन्छ ।
- दूध, दही र मोही खाने । त्यसमा पनि मोही सबै भन्दा लाभदायक हुन्छ ।
- हल्का मालिसले पनि यो रोगमा लाभ पुग्छ ।
- चिन्ता, रिस, कोध्र र प्रतिशोधबाट टाढा हुने प्रयास गर्ने ।
- मोटो मानिसले भात, चिनीका साथै अन्य गुलिया पदार्थ कम गर्नुपर्छ ।