मंसिर २१, २०७२
लोकप्रिय हलिउड अभिनेत्री जुलिया रोबर्ट्स आफ्नो छुट्टी अन्य सेलिब्रेटी स्टारहरू जसरी बिताउँदिनन् । न त उनी कुनै होलिडे डेस्टिनेसन जान्छिन, न त कुनै साथीभाइलाई नै भेट्छिन् । छुट्टी मिल्नेबित्तिकै उनी भान्सामा रमाउन थाल्छिन् ।
भान्सामा नयाँ–नयाँ परिकार तयार पार्नु उनको सौख भएकाले पनि उनी फुर्सदमा भान्सातिर छिर्छिन् । जुलियाका निकटस्थहरूका अनुसार आम जीवनमा पनि उनको धेरै समय भान्सामै बित्ने गरेको छ । सानै उमेरदेखिको रुचिलाई उनी छोड्न चाहन्नन् । जुलिया भन्छिन्– ‘मलाई आफ्ना लागिभन्दा पनि अरूका लागि खाना बनाउन पाउँदा खुसी मिल्छ । यसकारण त्यो खुसीका निम्ति म भान्सामा व्यस्त रहन्छु ।’ जुलियाका अनुसार कडा चिसो मौसममा आगो नजिक बसेर विभिन्न परिकार बनाउँदाको क्षण महत्वपूर्ण हुन्छ ।