साप्ताहिक संवाददाता
सबैसँग सहकार्य र आपसी समझदारी गरी सबैको विचार एवं भावनाको कदर तथा सम्मान गरे राम्रो होला कि ?
राजेन्द्र नगरकोटी
एक–अर्काको विचार र भावनाको सम्मान गर्न सक्नुपर्छ ।
महेश्वर फुयाँल विवेक
सबैमा प्रेमको भावना हुनुपर्छ अनि मात्र भाइचाराको सम्बन्ध स्थापित हुनसक्छ ।
रविन रहस्य
नाकाबन्दी खोल्नुपर्छ ।
खडक विष्ट
सम्मान, सहयोग, समझदारी, विश्वास, सक्षमता तथा आपसी साझेदारीको भावना हुनुपर्छ ।
अमिस डी ढुंगाना
जातपातको नाममा भेदभाव गर्नु हुँदैन ।
बिनिता श्रेष्ठ
सबैमा प्रेमको भावना हुनुपर्छ ।
आयुश शाही
एक–आपसमा सम्मानको भावना हुनुपर्छ ।
क्रिस्चियन पामु
धार्मिक सहिष्णुता कायम राख्नुपर्छ ।
त्रिकालदर्शी महापुरुष
आफू राम्रो बन्नुपर्छ । समाज त्यसै राम्रो बनिहाल्छ । सकारात्मक भावना हुनुपर्छ ।
ईश्वरी पोखरेल
आन्दोलन गर्नेहरूविरुद्ध कारबाही गर्नुपर्छ । सद्भाव खलबल्याउने काम गर्नु हुँदैन ।
चन्द्र कुँवर
रिस–राग तथा घमन्ड त्याग्नुपर्छ । प्रेमको भावना जाग्नुपर्छ ।
सुदीप पौडेल
नेताहरूको बुद्धिमा घाम लाग्नुपर्छ । जनता त यसै मिलेकै छन् नि ।
दिल तमु
सबैको विचार र भावनाको सम्मान गर्नुपर्छ । विचारमा सहमत वा असहमत हुनु बेग्लै कुरा हो ।
सुमन शाक्य
मेलमिलापको नीति पछ्याउनुपर्छ ।
सुमन श्रेष्ठ
सहकार्य एवं समझदारी गरेर अघि बढ्यो भने सद्भाव बढ्नुका साथै नेपालको आर्थिक विकासससमेत हुनेछ ।
नारायण पौडेल
सबैले आफू को हुँ भनेर चिन्नुपर्छ ।
रवीन्द्र पंगेनी
धार्मिक सहिष्णुता र आपसी मेलमिलापको नीति लिएर अघि बढ्नुपर्छ ।
लीलाराज भट्टराई
समझदारी कायम रहनुपर्यो अनि सहनशील हुनुपर्यो ।
डब्लु याक्थुंगा
एकले अर्कालाई बुझ्नुपर्छ ।
खड्ग रानामगर
एक–अर्कामा सहयोगको भावना हुनुपर्छ ।
सुरक्षा घिमिरे/ विकास पौडेल
सबै धर्म, संस्कृति एवं भाषाको सम्मान गर्नुपर्छ ।
प्रदीप न्यौपाने
सबैले आ–आफ्नो हठ त्याग्नुपर्छ तर नेपाली समाजमा यो काम त्यति सजिलो छैन । साहसका नाममा घमन्ड पालेर बस्नेहरू धेरै छन् यहाँ ।
सपना श्रेष्ठ
प्रेमरूपी बिरुवाको वृक्षारोपण थाल्नुपर्छ ।
टंक चौलागार्इं
जनचेतना र शिक्षा आवश्यक छ ।
अनिल उत्सव
छिमेकी कथाको गुमाने अनि धनजितेको जस्तो बानी हुनुपर्छ अनि राम्रो होला ।
भगवान
सबैको सोच सकारात्मक हुनुपर्यो । कालालाई विदेशी र गोरालाई राष्ट्रवादी बनाइरहँदाको परिणाम हो— अहिलेको द्वेष र विभाजन ।
सुवास लम्साल
कानुनको प्रयोग कडा रूपमा हुनुपर्छ । हरेकले आफ्नो काम गरेर खान पाउनुपर्छ ।
विनोद खतिवडा
सद्भाव र सहिष्णुता बोलीमा होइन व्यवहारमा देखिनुपर्छ ।
मिलन लक्ष्मण