मंसिर २२, २०७२
अमेरिकाको फ्लोरिडास्थित ओर्लान्डोकी ब्रिटानी बुएल हर्षले गद्गद् छिन् । उनले जन्माएको शिशुको टाउकाको माथिल्लो भाग छैन तर ती एक वर्षीय बालक ज्याक्सन बुएलले पहिलो पटक आफ्नी आमालाई आई लभ यू भने ।
छोराले आई लभ यू भनेपछि खुसीले उसलाई पटक–पटक चुम्बन गरेको एउटा भिडियो अहिले अनलाइनमा निकै चर्चित छ । गो फन्ड मी नामक वेबसाइटमा ज्याक्सनको उपचारका लागि सहयोग जुटाउन एउटा पेज सिर्जना गरिएको छ ।
ज्याक्सनको टाउकाको उपचार गर्न ७० हजार डलर सहयोग जुटाउने लक्ष्य राखिएकोमा अहिलेसम्म उक्त अनलाइन पेजमार्फत १ लाख ३२ हजार डलर संकलन भैसकेको छ । ३ हजारभन्दा धेरै मानिसले ज्याक्सनको उपचारका लागि आर्थिक सहयोग गरिसकेका छन् ।