मंसिर २३, २०७२
‘मिसेस ग्लोब–२०१५’ मा नेपालका तर्फबाट सहभागी अप्सरा बस्नेतले बिजनेस लिडर अफ द इयर–२०१५ को उपाधि प्राप्त गरेकी छिन् ।
चीनको सेन्जेन सहरमा सम्पन्न उक्त प्रतियोगितामा अप्सराले विश्वका ५० भन्दा बढी मुलुकका विवाहित सुन्दरीहरूसित प्रतिस्पर्धा गरेकी थिइन् । मिसेस ग्लोब–२०१५ को शीर्ष उपाधिमा भने लेबनानकी सिल्भिया यामिनीले कब्जा जमाइन् । प्रतियोगितामा चीन र रूसका विवाहित सुन्दरीहरू क्रमश: पहिलो तथा दोस्रो भए । अप्सरा मिसेस पोखरा–२०१५ की विजेता हुन् ।