साप्ताहिक संवाददाता
माघे संक्रान्तीको दिनदेखि नेपालमा प्रदर्शन हुने फिल्म ‘फन्को’ ले युट्युब मार्फत नयाँ गीत ‘ठुङ्दे...’ सार्वजनिक गरेको छ । सार्वजनिक गीतसंगै फिल्मले नयाँ ट्रेर्लरलाई पनि समाबेश गरेको छ ।
‘ठुङ्दे...’ मा चेतन सापकोटाको संगीत, राजेन्द्र थापाको शब्द तगा संगीतकार सापकोटा र रेश्मा सुनारको पाश्र्व गायन छ । रोमान्टीक शैलीको यो गीतमा कलाकार सौगात मल्ल र केकी अधिकारीले अभिनय गरेका छन् । यो गीत तथा फिल्मको सम्बादका कारण यो फिल्म राजनैतिक परिवेशलाई प्रस्तुत गर्न खोजिएको अनुमान गरिएको छ ।
यसअघि फिल्मको प्रोमो तथा ‘लोकल ब्युटी’ गीत सार्वजनिक भैसकेको छ । नोभेम्वर २३ मा बेल्जियममा प्रिमियर गरेको यो फिल्म पोर्चुगलमा पनि प्रदर्शन गरिएको छ । हेटौडा मुभि मेकर टिमको ब्यानरमा निर्माण गरिएको यो फिल्मका कथा, पटकथा, लेखन, निर्देशन सुबर्ण थापाले गरेका हुन भने सौगात मल्ल, दयाहाङ्ग राई, अनुप बराल, प्रियका कार्की, केकी अधिकारी, केशव भट्टराई आदि कलाकारले अभिनय गरेका छन् ।
फन्कोको ठुङ्दे...