मंसिर २३, २०७२
पेरिस हिल्टन सधैं चर्चामा छाइरहन चाहन्छिन् । चाहे अफेयरका कारण होस् वा चाहे स्क्यान्डलका कारण होस् । पेरिसका अनुसार अब उनलाई टेलिभिजन रियालिटी शोमा कुनै रुचि छैन । त्यसैले आगामी दिनमा उनी यस प्रकारका शोमा देखिनेछैनन् ।
पेरिस अबको यात्रामा बिजनेस भेन्चर र डिजे वर्कमा केन्द्रित हुन चाहन्छिन् । ‘मलाई सधैं रियालिटी शोका अफर आइरहन्छन्,’ पेरिस भन्छिन्– ‘म ती प्रस्ताव सीधै अस्वीकार गरिरहेकी छु ।’ पेरिस बिजनेस वुमनको नयाँ परिचयमा जान चाहन्छिन् । स्मरण रहोस्, उनले ब्वाइफ्रेन्ड थोमस ग्रोसका साथमा एक्सेसरिजको व्यवसाय प्रारम्भसमेत गरिसकेकी छिन् ।