साप्ताहिक संवाददाता
मंसिर २३, २०७२
- आफ्नो यौनाङ्ग सधैं सफा राख्नुपर्छ भन्दैमा आवश्यकताभन्दा धेरै पखाल्नु हुँदैन ।
- सधैं अगाडि (योनिमार्गतिर) बाट पछाडि (मलद्वार) तिर पखाल्नुपर्छ । यसले मलद्वारमा भएको जीवाणुलाई योनिमार्ग तथा पिसाब नलीमा जानबाट रोक्छ ।
- योनिमार्ग सफा गर्न महँगो साबुन चाहिँदैन, सामान्य साबुनले पनि राम्रोसँग सफा गर्न सकिन्छ ।
- सुगन्धित प्याड तथा योनिमार्गको छेउछाउमा पाउडर प्रयोग गर्नु हुँदैन ।
- योनिमार्गबाट निस्कने हल्का चिल्लो पदार्थले योनिमार्गलाई स्वस्थ राख्न मद्दत गर्ने भएकाले त्यसलाई धेरै पखाल्ने काम गर्नु वा त्यसका सम्बन्धमा चिन्ता लिनु हँुदैन ।