साप्ताहिक संवाददाता
भारतको नयाँ दिल्लीमा संचालन भइरहेको मिस हेरिटेज इन्टरनेसनलको दोस्रो संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी निशा पाठकलाई सफलता हात परेको छ । उनले इन्भाइरोमेन्टल एम्बासडर अवार्डका लागि भएको प्रतियोगितामा गोल्ड मेडल हात पर्न सफल भएकी हुन् ।
५ फिट ५ इन्च अग्ली, १९ वर्षिया निशा मिस ग्लोबल इन्टरनेसनल नेपाल २०१४ की विजेता हुन् । यस प्रतिस्पर्धामा भियतनाम र दक्षिण अफ्रिकाले सिल्भर तथा ब्रोन्ज मेडल प्राप्त गरेका छन् । यही डिसेम्बर १२ मा फाइनल प्रतिस्पर्धाको मिति तोकिएको छ ।
ई प्लानेटको आयोजनामा भारतस्थित सामाजिक संस्था वी फोर वी र कलाइमनि केयर्स स्थानीय पार्टनरका रुपमा रहेको यो प्रतियोगितामा नेपाल लगायत विश्वका दुई दर्जन मुलुकका सुन्दरीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितालाई नेपालबाट संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्य र बलिउडका सिम्रन डिन्ज अहुजाले प्रतियोगिताको कोरियोग्राफीमा सहकार्य गरिरहेका छन् ।
सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि ‘मिस हेरिटेज इन्टरनेशनल’ प्रतियोगिता प्रारम्भ भएका हो । यस प्रतियोगिताका सहभागी र विजेताको दायित्व कर्तब्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।