साप्ताहिक संवाददाता
गत वर्ष नै प्रदर्शनका लागि तयार चलचित्र लाटी गत जेठ १ गते प्रदर्शनमा आउने भएको थियो । भूकम्पका कारण प्रदर्शन मिति सारिएको यो चलचित्र भोली शुक्रबार प्रदर्शनमा आउँदैछ । प्रदर्शनको छेकोमा समेत कुनै प्रचार–प्रसार नगरिएको चलचित्र लाटीको कथा मार्मिक छ ।
चलचित्र ‘एटीएम’ मा काम गरेर केही नकारात्मक चर्चा बटुलेकी नायिका सविना कार्की यो चलचित्रको मुख्य भूमिकामा छिन् । सामाजिक कथामा काम गरेर सविनाले यसपटक आफ्नो छवि सुधार्ने विश्वास लिइएको छ । बोल्न नसक्ने एउटी लाटीको प्रेम र भाइ तथा परिवारप्रतिको दायित्वलाई निर्देशक राजबहादुरले मार्मिक ढंगबाट पर्दामा उतारेका छन् । चलचित्र नाइँ नभन्नु लबाट गायन क्षेत्रमा उदाएका प्रेम परियारले गाएको यो चलचित्रको एउटा कारुणिक गीतले प्रशंसा पनि पाइरहेको छ । प्रचार–प्रसारबिना सामान्य ढंगबाट आउन लागेको यो चलचित्रलाई दर्शक जुटाउन गाह्रो पर्ने अनुमान गरिएको छ ।
निर्देशक : राजबहादुर साने
संगीतकार : वसन्त सापकोटा, कमलकृष्ण
कलाकार : सविना कार्की, जिके शर्मा, रामचन्द्र अधिकारी, सुवास गजुरेल, नेत्र विष्ट आदि ।
चलचित्र लाटीको ट्रेलर