साप्ताहिक संवाददाता
मंसिर २४, २०७२
गायक प्रमोद खरेल सांगीतिक क्षेत्रका स्थापित गायक हुन् । आफ्ना हरेक गीतमा नौलो प्रयोग गर्न रुचाउने यी गायक यतिबेला नयाँ गीत ‘ओए झुमा झुम्कावाली...’ गीतका कारण चर्चामा छन् । रेडियो कान्तिपुरमा एक महिनासम्म यो गीतका कारण हट प्रोपर्टी बनेका गायक खरेल यतिबेला यसको म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा छन् । निर्देशक नितिन चन्दको निर्देशनमा तयार भएको उक्त गीतको भिडियो सार्वजनिक हुने क्रममा छन् । त्यसअघि उनले भिडियो ट्रेलर सार्वजनिक गरेका छन् । ‘चलचित्रका ट्रेलरहरु झैं म्युजिक भिडियोको पनि ट्रेलर तयार पारिएको हो, गायक खरेल भन्छन्- ‘बुधवार सार्वजनिक गरिएको ट्रेलरबाट नै मैले सकारात्मक प्रतिक्रिया पाउन थालेको छु ।’ खरेलको यो महत्वाकांक्षी गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छिन् ।
यस्तो छ भिडियोको ट्रेलर :