मंसिर २४, २०७२
पछिल्लो समयमा अभिनेत्री प्रीति जिन्टाको विवाहको खबरले बलिउड तरंगित छ । बलिउड, क्रिकेटपछि विवाहका कारण प्रीति चर्चाको शिखरमा भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
प्रीतिले जनवरी २०१६ मा अमेरिकी ब्वाइफ्रेन्डसँग विवाह गर्न लागेको बताइन्छ । प्रीति स्वयंले भने यो कुरालाई हल्ला बताउँदै अहिले नै विवाह गर्ने मुडमा नभएको बताएकी छिन् । चर्चाअनुसार प्रीति अमेरिकी नागरिक जिन गुडइनफका साथमा पछिल्लो १ वर्षदेखि डेटमा मस्त छिन् । समाचारहरूमा आएअनुसार एक प्राइभेट फङ्सनका रूपमा उनीहरूको विवाह नयाँ वर्षको सुरुवातमै हुनेछ । ३० वर्षीय जिन लस एन्जलमा एक वित्तीय विश्लेषकका रूपमा कार्यरत छन् । अमेरिका भ्रमणका क्रममा प्रीतिले जिनलाई भेटेकी थिइन् । सहयोगी स्वभावका कारण प्रीतिले उनलाई रुचाएकी थिइन् । आईपीएल क्रिकेटका क्रममा पनि जिन प्रीतिकै साथमा थिए ।