साप्ताहिक संवाददाता
असल बाइट्स
सरल : उहाँको सादा जीवन उच्च विचारको म सदा कदर गर्छु ।
लोभलालच छैन : उसको भयो मेरो किन भएन ? भन्ने किसिमको लोभी प्रवृत्ति मैले केशवदाइमा पाएको छैन ।
स्पष्ट : उहाँ हुने कामलाई हुन्छ र नहुने कुरालाई हुन्न भन्ने स्पष्ट व्यक्ति हुनुहुन्छ ।
सहयोगी : सबैलाई सकेजति सहयोग गर्न हमेसा तत्पर रहेको देखेको छु ।
स्वभाविक अभिनय : उहाँले अभिनय रस निकै राम्रोसँग बुझ्नुभएको छ । त्यसैले केशव दाइको अभिनय स्वभाविक हुन्छ ।
परिवारप्रति जिम्मेवारी : परिवारलाई एकदमै ध्यान दिनुहुन्छ । परिवारप्रतिको उहाँको जिम्मेबारीबाट धेरै कुरा सिक्न सकिन्छ ।
खराब बाइट्स
हतार नहुने : काम बितिसकेको हुन्छ, तर केशव दाइ कहिल्यै हतारिएको पाइनँ ।
राजनीति : कलाकारहरूले राजनीति गरेको कहिल्यै फापेको छैन, केशव दाइ पनि एउटा पार्टीमा आबद्ध हुनुहुन्छ । नेपालमा बदनामझैं भएको राजनीतिले उहाँको निश्चल छविमा असर पो गर्ने हो कि भन्ने डर लाग्छ ।
धेरै विश्वास गर्ने : जसले जे भने पनि ए हो र भन्दै विश्वास गरिहाल्ने स्वभाव जतिसक्दो चाँडो छाडेको राम्रो ।
स्वादिलो जिब्रो : जे आउँछ मज्जाले पचाउँछ भनेझैं उहाँ स्वादको पारखी हुनुहुन्छ । अब त उमेर र स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ ।
प्रचारमा कम : नेपालका प्राय: मिडियाकर्मीसँग राम्रो घनिष्ठता भए पनि आफ्नो कामका बारेमा कहिल्यै प्रचारप्रसार गराउनु हुन्न । मलाई थाहा छ कि चलचित्र ब्रासलेटको निर्माता उहाँ भए पनि त्यो काम मैले नै गर्नुपर्छ ।