मंसिर २४, २०७२
डिएगो म्याराडोना ५ फिट ३ इञ्चका छन्, तर उनको तौल भने सय किलोभन्दा बढी छ । भन्नु पर्दैन, यसले अर्जेन्टिनी फुटबलका यी नायकलाई ठूलो समस्या पारिरहेको छ । त्यसमाथि उनी ५५ वर्षका पनि भए ।
त्यसैले म्याराडोनाले हालै कोलम्बियामा तौल घटाउने शल्यक्रिया गराएका छन् र त्यो सफल पनि भएको छ । चिकित्सकहरूका अनुसार शल्यक्रियापछि म्याराडोनाको ६ किलो तौल घटेको छ । कोलम्बियाली चिकित्सक कार्लोस फिलिपेले पछिल्ला ११ वर्षदेखि म्याराडोनाको स्वास्थ्य हेरिरहेका छन् । उनकै सल्लाहमा तौल घटाउने शल्यक्रिया भएको हो, किनभने बढ्दो तौल म्याराडोनाको स्वास्थ्यका लागि घातक छ ।