साप्ताहिक संवाददाता
चर्चामा आउन जे पनि गर्नु राम्रो होइन । (फ्रन्टपेज : कन्टोभर्सी क्वीन) रातारात चर्चामा आएर सेलाउनुभन्दा सधैंभरि श्रोताहरूको मनमा बस्नु उपयुक्त हुन्छ ।
विजन लामिछाने
साप्ताहिक दामी छ, अझ राम्रो हँुदै जाओस् ।
सागर घिमिरे
एलबी क्षेत्रीको कविता दमदार लाग्यो । हो, यस्तै साहित्यिक सिर्जनाहरू निरन्तर पढ्न पाइयोस् ।
औराबास क्षेत्री, काभ्रे
लास्ट पेजमा अविरल थापाको प्रेमको समाजशास्त्र मन पर्यो ।
७४६२
साप्ताहिकले यस्तो समाचार छाप्ने ? (आरोपको भूमरीमा रेखा) रेखा थापा स्वयंले म यो मितिदेखि आउँदैछु भनेको भिडियो हामीले हेरेका छौं । अनि अहिले सम्झौता नै भएको छैन भन्ने ?
अशोक थुलुङ
फेरि कुनचाहिँ हिरोइन उडाउन आए ? (फर्कियो स्टारडम) शंका पो लाग्यो ।
लक्ष्मण तामाङ
पहिले राष्ट्रियता बचाऊ । (सिनेमा हलमा राष्ट्रिय गान बज्ने) राष्ट्रिय गीत त जतिबेला पनि बजाए हुन्छ ।
सुनिल साई
यसपालि किम्फमा प्रदर्शन हुने वृत्तचित्रहरू छुटाउने पक्षमा छैन । (अर्को सातादेखि किम्फ) अरू देशका वृत्तचित्र हेरेर केही सिक्न मन छ ।
तेजन विश्वास
बादलजीलाई बधाई तथा शुभकामना । (बादल अब विवाहित) वैवाहिक जीवन सुखद रहोस् ।
बालकृष्ण यादव
उपयोगी छन् टिप्सहरू । (टिप्स : खानामा के खाने ?) जाडोमा लाग्ने रोगहरूका बारेमा पनि पढ्न पाइयोस् ।
सन्तोष भट्टराई
पुजनाजी, यो त राम्रो काम हो । (चकलेटबाट समाजसेवा) समाजसेवालाई निरन्तरता दिनुहोला ।
विजय काफ्ले