साप्ताहिक संवाददाता
साह्रै सराहनीय कुरा ।
आर्यन सिग्देल, नायक
राष्ट्रियताका लागि गरिएको भएकाले सही निर्णय हो ।
मिलन मोक्तान, संगीतकार
यो त राम्रो कुरा हो, तर यससँगै ई–टिकट र चलचित्र वर्गीकरण पनि चाँडोभन्दा चाँडो लागू गरियोस् ।
मिलन चाम्स, निर्देशक
राष्ट्र र राष्ट्रियताको सवालमा गरिने यस्ता निर्णयमा मेरो पूर्ण समर्थन छ ।
सरीता लामिछाने, अभिनेत्री
मनोरञ्जन जीवनको अभिन्न पाटो भए पनि देशभक्ति सबैको पहिलो प्राथमिकतामा हुनुपर्छ । हुनत: राष्ट्रिय गान बजाएर मात्र देशभक्ति कायम हुँदैन, तर यो प्रयासले अप्रत्यक्ष रूपमा भए पनि सबैको मनमा देशप्रतिको माया उजागर होला कि ?
रीमा विश्वकर्मा, नायिका
धेरै अघि हुनुपर्ने निर्णय हो, ढिलै भए पनि राम्रो भयो । स्वागत योग्य निर्णय ।
आशिफ शाह, निर्देशक
विदेश भ्रमणमा रहँदा त्यताका चलचित्र हलमा सम्बन्धित देशको राष्ट्रिय गीत बजाइएको सुन्थें । हामी कहाँ पनि त्यस्तै भैदिए हुन्थ्यो भन्ने लाग्थ्यो, त्यसैले यो निर्णय मलाई सही लागेको छ ।
छुल्ठिम गुरुङ, नायिका
कुरा त सही हो, तर अब हामीले त्यो राष्ट्रिय गीत परिवर्तन गर्नुपर्छ । किनभने ‘सयौं फूलका थुंगा हामी एउटै माला नेपाली’ भनिन्थ्यो, त्यो माला नेता र हामी जनता मिलेर आ–आफ्नो स्वार्थका लागि चुँडालिसक्यौं, देश टुक्रिसक्यो । त्यसैले अब त्यसको ठाउँमा ‘विभिन्न प्रदेशका भए पनि हामी सबै नेपाली’ भनेर शब्द परिवर्तन पो गर्ने हो कि ?
आनन्द कार्की, गायक
विद्यालय जीवनमा राष्ट्रिय गान गाउँदा स्वाभिमान वृद्धि हुन्थ्यो । अहिले राष्ट्रिय भावना घट्दै गएको सन्दर्भमा यो निर्णय सही हो ।
झरना थापा, नायिका
मेरो वर्षांैदेखिको चाहना पूरा भयो । अझैं म त देश–विदेशमा हुने हरेक कार्यक्रम, सांगीतिक समारोहहरूको आरम्भमा राष्ट्रिय गान बजाइयोस् भन्छु । मलाई त खुसी लागेको छ । चलचित्र विकास बोर्डलाई धन्यवाद ।
प्रमोद खरेल, गायक
राष्ट्रिय गान हामी सबै नेपालीको सान हो, त्यसैले म यो निर्णयको स्वागत गर्छु ।
गोपाल कायस्थ, निर्माता/वितरक
सधैं सिंगो नेपाल हेर्ने हाम्रो चाहना टुक्रदैछ । यस्तो बेला हलहरूमा राष्ट्रिय गान बज्दा हामी जनतामा देशप्रतिको माया अझ गाढा हुनसक्छ । हाम्रो राष्ट्रिय गान हामीले नै नगाए, अरू कसले गाउने, कसले सुन्ने ?
आकाश अधिकारी, निर्देशक
राष्ट्रिय गान बजाउने चलचित्र विकास बोर्डको निर्णय राम्रो हो, तर बक्स अफिस लागू गर्ने निर्णयमा चाहिँ बोर्ड किन ढिलाइ गर्दैैछ ? चाँडै लागू गर्नु नि ।
शंकर आचार्य, भद्रगोल निर्देशक