हेट स्टोरी–३ का लागि बलिउड अभिनेत्री डेजी शाहले धेरै कुरा दाउमा लगाइदिइन् । आफ्नो कामुक रूपले दर्शकको मन जितोस भन्ने अभिप्रायले उनले कुनै कसर बाँकी नराखेको बलिउड विश्लेषकहरू बताउँछन् । हेट स्टोरी–३ मा इन्टिमेट सिनका अतिरिक्त उनको बोल्ड एन्ड सेक्सी लुक्स देखिन्छ ।
सलमान खानको खोजी मानिने चलचित्र ‘जय हो’ की अभिनेत्री डेजीले पहिलो पटकमै लोकप्रिय अभिनेतासँग स्क्रिन सेयर गर्न पाए पनि फिल्म उद्योगमा आफ्नो बलियो उपस्थिति दर्साउन सकिनन् । जय हो फ्लप क्याटोगरीमा पर्नु पनि उनका निम्ति अभिशाप सावित भएको थियो । हेट स्टोरीको घृणाको प्रेमकथामा उनलाई निर्देशकले ग्लामरस र सेक्सी रूपमा प्रस्तुत गर्न चाहेका थिए, जसलाई डेजीले सहजै स्वीकार गरिन् । यो लुक्सका लागि डेजीले पर्याप्त मेहनत पनि गर्नुपर्यो । हेट स्टोरी–३ मा सलमानकै अर्की खोज चलचित्र ‘वीर’ कि नायिका जरिन खानले पनि अभिनय गरेकी छिन् । चलचित्रकी प्रतिस्पर्धी सलमान ब्यानरकै खोज भएकाले पनि डेजीले आफूलाई जरिनभन्दा बोल्ड देखाउने हिसाबले प्रस्तुत गरेको बताइन्छ ।