साप्ताहिक संवाददाता
मंसिर २७, २०७२
म १६ वर्षकी भएँ । म कक्षा ११ मा अध्ययनरत अविवाहित युवती हुँ । मेरो केटा साथीसँग एकपटक असुरक्षित यौनसम्पर्क भयो । त्यसले कुनै समस्या उत्पन्न गरेको थिएन, तर यसपटक महिनावारी हुनुपर्ने समय कटेको २ हप्ता भैसक्यो, महिनावारी भएको छैन । कतै म गर्भवती त भइनँ ?
बी.
असुरक्षित यौनसम्पर्कपछि महिनावारी रोकिनु गर्भ रहेको लक्षण हुन सक्छ । आफू गर्भवती भए–भएको पक्का गर्न पिसाबको परीक्षण, भिडियो एक्सरे वा चिकित्सकसँग परामर्श आदि गर्नुपर्ने हुन्छ । गर्भवती भए पनि आफूलाई सन्तान चाहिएको छैन भने समयमै सुरक्षित गर्भपतन गराउन सकिन्छ । यो सेवा अविवाहितहरूले पनि लिन सक्ने कानुनी व्यवस्था छ, तर गर्भपतन जहाँ पायो त्यहीं गराउनु हुँदैन । मान्यताप्राप्त स्वास्थ्य संस्थामा सूचीकृत स्वास्थ्यकर्मी वा चिकित्सकबाट मात्र गर्भपतन गराउनुपर्छ ।