साप्ताहिक संवाददाता
रीता केसी, गायिका
- प्रेम प्राकृतिक उपहार हो, यसको सदुपयोग गर्नुपर्छ ।
- साँचो प्रेम त्यो हो जसमा विश्वासको डोरी गाँसिएको हुन्छ ।
- प्रेम गर्छु भनेर हुने कुरा होइन, मनले आफैं अनुभव गर्ने कुरा हो ।
- प्रेममा जहिले पनि आई लभ यू भनिरहनु पर्दैन । माया बोलेर भन्दा पनि व्यवहारबाट दर्साउनुपर्छ ।
- प्रेम साँचो र नि:स्वार्थ हुनुपर्छ ।
- प्रेममा एक–अर्काको कामको कदर गर्नुपर्छ र काम तथा करियरमा उत्प्रेरित गरिरहनुपर्छ ।
- प्रेम उमेर पुगेपछि मनमा आफैं उत्पन्न हुने कुरा हो, जबर्जस्ती गर्छु भनेर हुने कुरा होइन ।
- सदुपयोग गर्न जाने माया–प्रेम स्वर्ग हुन्छ, नजाने नर्क हुन्छ । त्यसैले प्रेम सोचेर गरौं तर धोका कसैलाई नदिउँ ।
- प्रेममा प्रतिस्पर्धा हुँदैन । कसले कसलाई बढि माया गर्छ भन्ने कुराको लेखाजोखा पनि हुँदैन । वास्तवमा प्रेमको नापतौल हुँदैन ।
- प्रेममा एकअर्काको केयर अनिवार्य मानिन्छ, सानो केयरिङले पनि मायालुको मन अझ फराकिलो बन्न सक्छ ।