साप्ताहिक संवाददाता
मंसिर २८, २०७२
पप गायिका सीमा संग्रौला वैवाहिक जीवनमा बाँधिएकी छिन् । ‘के नै रुनु छ र...’ गीतबाट सांगीतिक क्षेत्रमा स्थापित भएकी गायिका संग्रौलाले एउटा एकल एल्बम ‘नोट’ सहित दर्जनौं गीत गाइसकेकी छिन् । धरानकी यी गायिकाले डिल्लीबजार, काठमाडौंका विशाल पाण्डेले जीवन साथी बनाएकी हुन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका सीमा र विशालले परम्परागत विवाह गरेका हुन् ।
सीमाको ‘के नै रुनु छ र...’ गीत