साप्ताहिक संवाददाता
मंसिर २८, २०७२
राजेश दाइले एक दिन पसलबाट एउटा अन्डा किनेर घर लगेछन् र अन्डा फुटाएछन् तर अन्डा खाली रहेछ, राजेश दाइ खालि अन्डा लिएर पसलेकहाँ गएछन् ।
राजेश दाइ : साहुजी अन्डा त खालि परेछ त ?
पसले : यो पक्कै पनि पोथीको गडबडी हुनुपर्छ, पोथीसँगै सोध्नु ।
राजेश दाइ खालि अन्डा लिएर पोथीकहाँ गएछन् ।
राजेश दाइ : पोथी, तैंले यो अन्डा किन खाली पारिस् ? भित्र त केही पनि छैन ?
पोथी : यसमा मेरो केही पनि दोष छैन, जाऊ भालेकहाँ गएर सोध ।
राजेश दाइ खाली अन्डा लिएर भालेकहाँ गएछन् ।
राजेश दाइ : भाले, यो अन्डा कसरी खालि भयो ? तैंले के गरिस् पोथीलाई ?
भाले : माफ गर्नुहोस् हजुर, अहिले जताततै एड्सको महामारी छ, मैले पनि कन्डम लगाएर यौनसम्पर्क गरेको, त्यही भएर खाली भयो होला, माफी पाउ राजेश ब्रो !