सौन्दर्य प्रतियोगितामार्फत युनेस्कोको ऐतिहासिक एवं महत्त्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको मिस हेरिटेज इन्टरनेसनल–२०१५ को फाइनल डिसेम्बर १२ तारिखमा भारतको नयाँ दिल्लीस्थित अशोका कन्टी रिसोर्टमा सम्पन्न भएको छ । प्रतियोगितामा भियतनामकी भिक्टोरिया फामले मिस हेरिटेज इन्टरनेसनल–२०१५ को उपाधि जितेकी छिन् । यसैगरी ट्रिनिडाड एन्ड टोबागोकी केटिशा विलियम्स फस्ट रनर्सअप तथा म्यानमारकी चअ युपर सेट्स सेकेन्ड रनर्सअप घोषित भएका छन् । यही क्रममा नेपालकी निशा पाठक थर्ड रनर्सअप तथा दक्षिण अफ्रिकाकी नताशा मोगोरोसी फोर्थ रनर्सअपमा आफ्नो नाममा सुरक्षित गर्न सफल भए ।
नेपालस्थित ई–प्लानेटको आयोजनामा सम्पन्न यो प्रतियोगितामा भारतस्थित वी फोर वी एवं कलाईमनि केयरर्स स्थानीय पार्टनरका रूपमा संलग्न थियो । प्रतियोगिताको बन्द प्रशिक्षणका क्रममा सहभागीहरूले विभिन्न पहिरनमा फोटोसेसन, हेरिटेज साइट टुर तथा विभिन्न विधाको एवार्डमा प्रतिस्पर्धा आदि गरेका थिए ।
प्रतियोगितामा मिस इन्भारोमेन्टल एम्बेसडर अवार्डमा नेपालकी निशा पाठकले आफ्नो नाम दर्ता गरिन् भने बेस्ट इन्भारोमेन्टल डेसको उपाधि पनि उनैले हात पारिन् । यही क्रममा दक्षिण अफ्रिकाले मिस पिस एम्बेसडर तथा ट्रिनिडाड एन्ड टोबागोकी सहभागीले मिस टुरिज्म र कल्चरल एम्बेसडरको एवार्ड जिते । प्रतियोगितामा बेस्ट नेसनल कस्ट्युम मलेसियाकी मिरा शेख, बेस्ट कल्चुरल डेसमा फिलिपिन्सकी टेरिग गामेज, बेस्ट पिस डेसमा म्यानमारकी चअ युपार सेट्स, बेष्ट टुरिजम डेसमा भिक्टोरिया फाम, बेस्ट नेसनल फ्ल्याग डेसमा दक्षिण अफ्रिकाकी नताशा मोगोरोसी, बेस्ट बडीमा म्यानमारकी चअ युपार टिसेट्स विजेता घोषित भएका थिए ।