साप्ताहिक संवाददाता
पुस १, २०७२
अभिनेत्री प्रियंका कार्कीलाई अहिले सर्वाधिक सफल अभिनेत्रीको सूचीमा राख्न हिचकिचाउनु पर्दैन । अत्यधिक व्यस्त तथा सफल यी नायिका चलचित्रमा मात्र होइन, म्युजिक भिडियोमा अभिनय गर्न र विदेशका सांस्कृतिक कार्यक्रममा कम्मर मर्काउन समेत भ्याइरहेकी छिन् ।
यति हुँदा–हुँदै पनि पछिल्लो समय प्रियंका विभिन्न चलचित्रमा ‘केमियो’ अर्थात् अतिथि कलाकारको भूमिकामा समेत छाउन थालेकी छिन् । चलचित्र ‘लुटेरा’ को आइटम गीतमा नृत्य गरेकी प्रियंका ‘कबड्डी कबड्डी’ मा सानो भूमिकामा छिन् । यो चलचित्रमा प्रियंकाले पनि अभिनय गरेकी छिन् भन्ने थाहा पाउन सिनेमा हल नै पुग्नुपर्छ ।
चलचित्रमा उनी सौगात मल्लको प्रेमिकाको भूमिकामा छिन् । प्रियंकाजस्तो उचाइमा पुगेकी नायिकाले आइटम डान्स तथा अतिथि कलाकारको भूमिका स्वीकार गर्नुलाई आश्चर्यका रूपमा हेरिएको छ ।