साप्ताहिक संवाददाता
पुस १, २०७२
गायिका इन्दिरा जोशी जब–जब स्टेजमा उक्लिएर गीत गाउन थाल्छिन्, उनको बारुले कम्मर पनि सँग–सँगै हल्लिन्छ । इन्दिराको गेटअप, हाउभाउ र नृत्य गर्ने शैली शाकिराको जस्तै देखिन्छ । त्यसैले पनि इन्दिरालाई नेपाली शाकिरा भनिन्छ ।
यतिबेला नायिका अनु शाहले नेपाली शाकिरा बन्ने प्रयत्न गरेकी छिन् । इन्दिरा जोशीले नै गाएको चलचित्र ‘बाजिगर’ को ‘शाकिरा..’ शीर्षकको गीतमा अनुले कम्मर मर्काउने प्रयास त गरेकी छिन् तर उनी कुनै पनि एंकलबाट शाकिरा लाग्दिनन् । युट्युबमा वास्तविक शाकिराकै गीत तथा नृत्य हेर्न पल्किएका नेपाली दर्शकलाई कोसी ब्यारेजमा सेट लगाएर छायांकन गरिएको यो गीत तथा नृत्यले कतिसम्म लोभ्याउने हो, हेर्न बाँकी नै छ ।
चलचित्र बाजिगरको शाकिरा... गीत