साप्ताहिक संवाददाता
४५ दिने युरोप यात्रा पुरा गरि गायक राजेश पायल राई गतसाता नेपाल फर्किएका छन् । दशैं तिहारलाई लक्षित गरेर तय भएको सांगीतिक यात्राको क्रममा युरोपका विभिन्न मुलुकमा उनले प्रस्तुती दिए । स्पेनको वार्सिलोनाबाट सुरु भएको उक्त सांगीतिक यात्रा डेनमार्कको कोपनहेगन पुगेर सकिएको थियो ।
स्पेनको म्याड्रिड, डेनमार्कको आरुष, बेल्जियम लगायतका स्थानमा उनले सांगीतिक मनोरन्जन दिलाए । ६ वटा कार्यक्रममा सरिक भए, म सहभागी भएका सबै कार्यक्रम सफल रहे, नेपाल फर्किएपछि दर्शन नमस्ते गायकले साप्ताहिकलाई भनें–‘मुुलुकभित्र हुने कार्यक्रम, आफ्नै एल्बम दर्शन नमस्ते– ३ सार्वजनिक गर्ने योजना र पाश्र्वगायनलाई पनि समय दिनु पर्ने भएर छिटै फर्किए ।’
राजेशका अनुसार अब नयाँ वर्षलाई लक्षित गरि साइप्रस, बेलायत, हङकङ र मलेशियाका कार्यक्रममा उनी सहभागी हुनेछन् । दर्शन नमस्ते, म त मर्छु कि क्या हो ठुली, नाइ नभन्नु ल, सागरसरि, उत्तरमा छन है, दिक्तेल बजार, नौजाले मायाले राजेशले कार्यक्रमहरुमा गाउने हिटनम्बर हुन् ।