साप्ताहिक संवाददाता
पुस २, २०७२
१४ जना प्रतिस्पर्धी युवतीलाई पछाडि पार्दै सृजना राईले मिस कोसी क्विन–२०१५ को उपाधि जितेकी छिन् । धरान सभागृहमा सम्पन्न प्रतियोगितामा पूजा लिम्बूले फस्र्ट रनर्सअप, मीरा धमलाले सेकेन्ड रनर्सअप तथा रेष्मा राईले थर्ड रनर्सअपको उपाधि जितेका थिए ।
मिस कोसी क्विनको यो दोस्रो संस्करणको आयोजना एमाजोन इन्टरटेन्मेन्टले गरेको हो । प्रतियोगीहरूलाई प्रशिक्षण दिन कोरियोग्राफर कला सुब्बा काठमाडौंबाट धरान पुगेकी थिइन् । यो प्रतियोगितामा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरूले प्रतिस्पर्धा गरेका थिए ।