साप्ताहिक संवाददाता
लेटेस्ट तथा ब्रान्डेड मोबाइलको कारोबारमा ख्याति कमाएको सिटिभी मोबाइलले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा एप्पल वल्र्ड मोबाइलको नामबाट मल्टी ब्रान्ड मोबाइल शोरुम सञ्चालनमा ल्याएको छ ।
हालै सञ्चालनमा आएको उक्त शोरुम १ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ भने यो स्थानबाट सामसुङ, हुवावे, सोनी, एचटिसि, ब्लाकबेरी, पानासोनिक, एलजी, माइक्रोम्याक्स, जियोनी, माइक्रोसफ्ट, भर्चुमोबाइलसहित विश्व बजारमा उपलब्ध सबै ब्रान्डेड मोबाइलको कारोबार हुनेछ । एप्पल वल्र्डको शोरुममा ९ सय ९९ रुपैयाँदेखि ९ लाख रुपैयाँसम्म पर्ने मोबाइल खरिद गर्न सकिने प्रबन्धक संगम राईले बताए ।
गेटिङ बिगर मूल लक्ष्य लिएर अघि बढेको सिटिभी मोबाइलले अनलाइनमार्फत मोबाइलको कारोबार गर्नुका साथै होम डेलिभरीको समेत व्यवस्था मिलाएको छ । एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरका अनुसार मोबाइल मर्मतका लागि पनि घरैसम्म लिन जाने र डेलिभरी गर्ने सम्मको सुविधा उपलब्ध गराइएको छ ।
१ घण्टामा मोबाइल मर्मत गर्ने सुविधा प्रदान गरेर ख्याति कमाएको सिटिभी मोबाइलले यो सुबिधा एप्पल वल्र्डमा पनि रहेको जनाएको छ भने एक्सचेन्ज गरी नयाँ मोबाइल खरिद गर्न सकिने व्यवस्था पनि मिलाएको छ ।
मोबाइलको मल्टिब्रान्ड
शोरुममध्येकै राम्रो दाबी गरिएको यो शोरुमबाट एसेसरिज तथा ल्यापटपको पनि कारोबार हुनेछ । व्यवस्थित पार्किङ एवं फ्री वाइफाइको व्यवस्थासहित खोलिएको एप्पल वल्र्डले २२ जना स्टाफमार्फत विभिन्न कम्पनीबाट उत्पादित मोबाइलका सम्बन्धमा जानकारी दिँदै सेवा तथा सुविधा प्रदान गर्नेछ ।