साप्ताहिक संवाददाता
फेसबुक हिटमा वर्षा शिवाकोटीको पोज दामी लाग्यो । कोहीभन्दा पनि कम लागेन ।
रबिना भण्डारी
लिरिल फ्रेस फेस प्रमिला थापालाई बधाई तथा शुभकामना ।
दिपान्जला कार्की
साप्ताहिकमा भारतीय कलाकार साहरूख खानको तस्बिर उति सुहाएन । नेपाली कलाकारहरूलाई मान्यता नदिइएको पो हो कि ? साप्ताहिकबाट राष्ट्रियता र नेपालीपन हराउँदै गए
जस्तो लाग्यो ।
११२७
यो त होचोको मुखमा घोचो भने जस्तै भयो । (खेलकुद : म्याच फिक्सिङ प्रकरणपछि नायकबाट खलनायक) राजनीतिमा फिक्सिङ गरेर देश बेच्नेहरूलाई पुलिसले स्यालुट हानिरहेका छन् । खेलकुदमा फिक्सिङ गर्नेहरूलाई मात्र समातेर के गर्नु ?
अभिषेक भट्टराई
सबै कुरा पैसाले बिगार्छ । (खेलकुद : म्याच फिक्सिङ प्रकरणपछि नायकबाट खलनायक) पैसा पाउँदा देशलाई भुलेर खल्ती भर्यौ । अहिले किन रुन्छौ मंगले आफ्नै ढंगले ।
राज पाण्डे
कलाकार, युवा तथा विद्वानहरू जति सबै विदेश पलायन भएपछि कसले बनाउने देश ? (अमेरिकामा जुटे नेपाली कलाकार) जति सेवा स्वदेशमा बसेर गर्न सकिन्छ, त्यति विदेशमा गएर गर्न सकिँदैन । तैपनि यस्ता काम गर्नेहरूलाई सकारात्मक रूपमै लिनुपर्छ ।
अनिल राना
म दीपक महतजीको कुरामा सहमत छु । (मजदुर मालिक हुन पाउने एक मात्र क्षेत्र हो पर्यटन) युवाहरूका लागि महतजीको भनाइ प्रेरणादायक छ ।
जीवन बस्नेत, अमर श्रेष्ठ
प्रवासी नेपालीहरूलाई साँच्चै कठिनाइ छ । (अलमलमा प्रवासी नेपाली) भने जति तलब नदिने, त्यो पनि समयमा नपाइने, बिदा नपाइने जस्ता समस्याहरू छन् । न दूतावासले समस्या सम्बोधन गर्छ न त सरकारले यसलाई गम्भीरतापूर्वक लिन्छ ।
दुर्गा कोइराला
संगीत विद्यालय खुल्नु त राम्रो हो । (राजीवको संगीत विद्यालय) यसलाई निरन्तरता दिन भने सक्नुपर्छ ।
युनिक कार्की