साप्ताहिक संवाददाता
पुस ३, २०७२
दोबाटोमा अलमलिएका भुवन ले राजेश सँग सोधे :
रेखा थापाको घर कता हो ?
राजेशले लामो उत्तर दिँदै भने :
यो दोबाटोको दाहिने बाटो जानुस्, २ वटा पुल आउँछ, पहिलो पुलबाट जानुस् । अलि पर गएपछि २ वटा बाटा आउँछन्, देब्रे बाटो जानुस् । अलि पर गएपछि २ वटा गाउँ देख्नुहुनेछ । माथिल्लो गाउँ जानुस् । त्यहाँ २ वटा गेट छन्, १ नम्बर गेटबाट जानुस्, दुई–दुई घर जोडिएका आउँछन्, २ तले घरहरूतिर जानुस । पहिलो घरको तल्लो तलामा २ वटा कोठा छन्, दाहिने कोठामा जानुस् । त्यहाँ २ वटा किताब छन्, पहिलो किताब गीताको हो, म त्यो किताबलाई छोएर भन्छु— रेखा थापाको घर कता हो, मलाई थाहा छैन ।