साप्ताहिक संवाददाता
पुस ३, २०७२
बालसाहित्यका चर्चित लेखक–कवि प्रमोद प्रधानले युवाहरूका लागि कविता संग्रह प्रकाशन गरेका छन् । प्रमोदले आफूले २२ वर्षदेखि ४२ वर्षबीचको उमेरमा देखे–भोगेको एवं अनुभव गरेका भावहरू ‘एक उदास साँझ’ मा व्यक्त गरेका छन् । युवा उमेरमा हुने प्रेम र यौनको आवेग, समाज र राज्यले आफूप्रति गरेको अन्याय, विभिन्न स्थानमा भोग्नुपर्ने समस्या र त्यसले निम्त्याएको आक्रोश यो कविता संग्रहमा पढ्न पाइन्छ । विराटनगर घर भएका कवि प्रधानले त्यहाँबाट काठमाडौंलाई हेर्ने युवापुस्ताको दृष्टिकोण पनि प्रस्ट पारेका छन् । यो संग्रहमा ५५ वटा कविता संग्रहित छन् । विवेक सिर्जनशील प्रकाशनद्वारा प्रकाशित यो संग्रहको मूल्य १ सय ७५ रुपैयाँ छ ।