पुस ३, २०७२
विश्व महिला टेनिसका सुन्दर खेलाडीमध्ये एक हुन्, अन्ना इभानोभिच । यी २८ वर्षीया खेलाडीका लागि पछिल्लो समय भने सुखद छैन, किनभने उनले कोर्टमा खासै सफलता हासिल गर्न सकेकी छैनन् ।
त्यसैले अन्ना अचेल फरक कारणले चर्चामा आउँछिन् । केही दिन अघि अन्ना भारत आएकी थिइन् र त्यसक्रममा उनी साडी लगाएर सार्वजनिक रूपमा देखा परिन् । यी पूर्व नम्बर १ खेलाडीलाई साडीमा फोटो सेसन गर्ने ठूलो इच्छा रहेछ । साडीमा सजिएकी इभानोभिचलाई धेरैले मन पनि पराए । इभानोभिच स्टार खेलाडी जोडीका कारण पनि चर्चित छिन् । उनका ब्वाइफ्रेन्ड विश्वकप विजेता जर्मनी तथा म्यानचेस्टर युनाइटेडका फुटबलर बास्टिन स्वान्सटाइगर हुन् ।