साप्ताहिक संवाददाता
कालोबजारलाई सेतो कपडा ओढाइदिए टन्टै साफ ।
यमन श्रेष्ठ, कलाकार
त्यत्रा–त्यत्रा भवन मापदण्डविपरीत कसरी नक्सा पास गरिन्छन् ? देहरादूनमा जन्मिएको मानिसले सोलुखुम्बुबाट नेपाली नागरिकता बनाएँ भन्छ । आफूलाई राष्ट्रको नायक भन्नेहरूले देशको ढुकुटीमा भएको करोडौंको सम्पत्ति निजी बनाउँछन् । सर्वसाधारणले नागरिकताको प्रमाणपत्र लिन पनि चिया खर्च दिनुपर्छ, किनभने कर्मचारीहरूलाई तलबले नै पुग्दैन । यस्ता पहिलेदेखि नै स्थायी भएको कालोबजारलाई नियन्त्रण गर्नु पो आवश्यक छ, अहिलेको च्याउ झैं उम्रिएको कालोबजार नियन्त्रण गर्नुको कुनै औचित्य छैन ।
योगेश्वर अमात्य, गायक
नागरिक चेतनशील भए कालोबजारी आफैं नियन्त्रण हुन्छ ।
सुरेन बसेल, कलाकार
कालोबजारी भन्ने थाहा पाउनेबित्तिकै त्यसलाई मिठाईलाल यादवभन्दा पनि कालो हुने गरी मोसो दलेर सहर परिक्रमा गराउनुपर्छ ।
सन्दीप क्षेत्री, हास्यकलाकार
कालोबजार रोक्न सिस्टम व्यवस्थित हुनुपर्यो । सिस्टम व्यवस्थित हुन नागरिकमा चेतना आउनुपर्यो । अहिले अप्ठ्यारो अवस्था छ, यो स्थितिमा सुधार आएपछि कालोबजार आफैं नियन्त्रण हुन्छ ।
राजन इशान, संगीतकार
कालोबजार नियन्त्रणको साँचो सरकारको हातमा छ । आवश्यक सामग्रीहरू सहजै उपलब्ध हुने भएपछि कालोबजार स्वत: नियन्त्रण हुनेछ ।
आमेश भण्डारी, नायक
कुरा मिलेपछि सबै ठीक हुन्छ । नत्र जे गर्दा नि हुँदैन ।
विनय श्रेष्ठ, नायक
संविधान जारी भैसकेको हाम्रो देशमा सबैलाई संविधानको दायरामा ल्याउनुपर्छ । कानुन र सरकारमा नियन्त्रण गर्न सक्ने दम हुनुपर्छ ।
निशा अधिकारी, नायिका
कालोबजारी गर्नेलाई सबै मिलेर बहिष्कार गर्नुपर्छ ।
नेत्र गुरुङ, निर्देशक
सरकारले नियन्त्रण गर्ला भनेर सोच्नु गलत हुनेछ, त्यसैले हामी सम्पूर्ण नेपालीले आ–आफ्नो ठाउँबाट कालो बजारीलाई बहिस्कार गर्नुपर्छ ।
अर्जुन तिवारी, छायाँकार
नाकामा देशप्रति वफादार सिपाही वा कर्मचारीको ड्युटीमा राख्नुपर्छ, अन्यथा सहनुको विकल्प छैन ।
नवराज गिरी, संगीत व्यवसायी
नाकाबन्दी खोल्नुपर्छ, कालोबजारी आफैं नियन्त्रण हुन्छ ।
दीपक लिम्बू, गायक
आँखा चिम्लनुपर्छ, आफंै नियन्त्रण हुन्छ । कि त नाका खोल्न सक्नुपर्छ, नत्र लत्ता न सत्ता चले कलकत्ता किन गर्नु ?
दीपकराज गिरी, हास्यकलाकार
नाकाबन्दी छ, इन्धन छैन । हाहाकारमा यही कालोबजारीले गर्दा नै त समाज चलेको छ । यसलाई पनि बन्द गरिदिए जनता बौलाउँछन् ।
दुर्गा खरेल, गायिका
नाकाबन्दी खुलेपछि कालोबजार सेतो भैहाल्छ नि । बरु कहिले खुल्छ नाकाबन्दी ?
सुशान्त सिंह ठकुरी, मोडल