पुस ५, २०७२
जर्मन निर्देशक, लेखक तथा फोटोग्राफर सेबस्टियन बीएनिएक कमालका चित्रकारका पनि हुन् । उनले अनुहारमा यस्तो तरिकाले पेन्टिङ गर्छन् कि एक साथ दुई अनुहार देखिन्छ ।
सेबस्टियनले आइलाइनर तथा लिपिस्टिकले अनुहारमा यस्तो मेकअप गर्छन् जस हेर्न मानिसहरू दंग पर्छन् । सेवस्टियन भन्छन्, मेकअपले वास्तविक अनुहार लुकाएर अर्को अनुहार पनि तयार पार्न सकिन्छ । कुनै कलाकारका लागि यसो गर्नु कुनै ठूलो कुरा होइन तर देख्ने मानिसलाई भने अजीव लाग्छ ।