साप्ताहिक संवाददाता
पुस ५, २०७२
गायक आशिफ शाहको ‘जीवन साथी’ गीतको म्युजिक भिडियोले कम समयमै लोकप्रियता पाएको छ । पहिलो एकल एल्बम ‘साइड प्रोजेक्ट’ समावेश गीतमा गायिका सुबानी मोक्तानलाई फिचर गरेका छन् । विवाहित जोडीको आत्मीयतालाई झल्काइएको यो गीतको भिडियोमा साधारणतया छाायाकन गरिने मोडलहरूलाई देखाउनुको साटो व्यक्तिगत जीवनमा नै विवाहित रहेका जोडीलाई देखाइएको छ । भिडियोमा छायाँकार शैलेन्द्रध्वज कार्की, योपेश प्रधान, चलचित्र लेखक तथा विज्ञापनकर्मी विजय अधिकारी आदिलाई दम्पत्तिसहित प्रस्तुत गरिएको छ ।
जीवन साथी गीतको म्युजिक भिडियो