साप्ताहिक संवाददाता
पुस ५, २०७२
आख्यानकार नयनराज पाण्डेको कथासंग्रह ‘चकलेट’का कथाहरूमा आधारित नाटक अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भैरहेको छ ।
पाण्डेको कथासंग्रहमा रहेका तीन कथा ‘सुकमेल’, ‘खेल’ र ‘महानगर’लाई यो नाटकमा विशेष रूपमा प्रस्तुत गरिएको छ । आशान्त शर्माले निर्देशन गरेको यो नाटकलाई शर्माले नै नाट्य रूपान्तरण गरेका हुन् । नाटकमा सिर्जना सुब्बा, सुलक्षण भारती, मनिष निरौला, लक्ष्मी बर्देवा, विनिता मगर, वीरेन्द्र मुखिया, सन्देश लामिछाने, आइपी आचार्य, सुरज मल्ल आदिले अभिनय गरेका छन् । नाटक पुस १६ गतेसम्म मञ्चन हुनेछ ।