२० डिसेम्बरको सााझ अमेरिकाको नेभाडा राज्यको लास भेगासस्थित द एग्सिसमा भव्य तरिकाले सम्पन्न मिस युनिभर्स प्रतियोगिताको ६४ औं संस्करणको विजेताको नाम घोषणा हुने अन्तिम क्षण थियो । टप थ्री चयन भएका कोलम्बिया, फिलिपिन्स र अमेरिकी सुन्दरीहरू परिणामको प्रतिक्षामा व्याकुल देखिन्थे ।
कार्यक्रम सञ्चालक स्टिभ हार्भेले कोलम्बियाली सुन्दरी आरियाड्ना गुटिरेजको नाम मिस युनिभर्स–२०१५ को विजेताका रूपमा उद्घोषण गरे । विजेता घोषित कोलम्बियाली सुन्दरी भाव विभोर भइन् । उनको शिरमा गत वर्षका विजेता कोलम्बियाकी पाउलिना भेगाले मिस युनिभर्स–२०१५ को विजेताको ताज पनि पहिर्याइ दिइन् । ताली, खुसी, सम्मानको दृश्य देखियो तर यो केही क्षणका लागि मात्र कायम रह्यो । कारण उद्घोषक स्टिभले यति खेर आफूले मिस युनिभर्सको विजेताको नाम लेखिएको कार्ड गल्ती पढेको चाल पाए र माफी माग्दै मिस युनिभर्स–२०१५ का विजेता कोलम्बियाली सुन्दरी नभै फिलिपिन्सकी पिया ओलोन्जो बुर्जबाक भएको पुन: उद्घोषण गरे र नाटकीय रूपमा नयाा मिस युनिभर्स चयन सम्पन्न भयो । आरियाड्नाले पहिरिसकेको ताज निकालेर सही अर्थमा विजेता भएकी फिलिपिनो सुन्दरी पिया ओलोन्जो बुर्जबाकलाई पहिर्याइयो र मिस युनिभर्स चयन प्रक्रिया सम्पन्न भयो ।
प्रतियोगितामा कोलम्बियाकी आरियाड्ना गुटिरेज फस्ट रनर भइन् भने अमेरिकाकी ओलिभिया जोर्डन सेकेन्ड रनरसअप भइन् । उत्कृष्ट पााचमा भने अस्ट्रेलियाकी मोनिका राडुलोभिक र फ्रान्सकी फ्लोरा कोग्युरेल पनि चयन भएका थिए ।
विश्वका ८० राष्ट्रका सुन्दरीको उपाधि दौड यात्रामा प्रारम्भ नेसनल कस्ट्युमको परेडपछि उत्कृष्ट १५ चयन गरिएको थियो । उत्कृष्ट १५ ले स्विम सुटमा सजिएर आफ्नो व्यक्तित्वको ग्ल्यामरस छवि प्रस्तुत गरेका थिए भने त्यस लगत्तै उनीहरूबाट उत्कृष्ट १० चयन भएका थिए । उनीहरू इभिनिङ गाउन्डमा स्टेजमा देखिएका थिए । यसपछि हुने मिस युनिभर्स चयन प्रक्रियाको अन्तिम दौड नजिक पुग्न सफल पााच सुन्दरी निक्र्यौल गरिए । उनीहरू हरेकले एक–एकवटा प्रश्नको सामना गरे र अन्तत: यो पर्फमेन्स पछि उत्कृष्ट तीन भित्र मिस युनिभर्सको दावेदारी सीमित भयो । अन्तिम च्यालेन्ज पछि भने ती उत्कृष्ट तीनबाट मिस युनिभर्स– २०१५ को विजेताको चयन प्रक्रियाले पूर्णविराम प्राप्त गरेको थियो ।