पुस ६, २०७२
बलिउड नायिका जेनेलिया डिसुजा (देशमुख) दोस्रो पटक आमा बन्ने बाटोमा अग्रसर छिन् । सन् २०१४ मा पहिलो सन्तानका रूपमा छोरा रियानलाई जन्म दिएकी जेनेलिया पुन: गर्भवती भएको भारतीय समाचार माध्यमहरूले उल्लेख गरेका छन् ।
गत नोभेम्बर २४ मा उनले रियानको पहिलो वर्थ डे मनाएकी थिइन् । फ्रेब्रुअरी २०१२ मा नायक रितेश देशमुखका साथ प्रेम विवाह गरेकी जेनेलियाले ९ वर्ष लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् । सन् २००३ मा दुवैले डेब्यु चलचित्र ‘तुझे मेरी कसम’ मा अभिनय गरेका थिए । के विजय राव निर्देशित उक्त चलचित्रमा काम गर्दागर्दै उनीहरूबीच प्रेम अंकुरण भएको थियो ।