साप्ताहिक संवाददाता
पुस ६, २०७२
मनमा अनावश्यक कुरा नखेलाऔं । सकेसम्म खुसी हुने उपाय खोजौं ।
बिहान उठ्नासाथ व्यायाम तथा योग गरौं ।
फुर्सदमा कुनै चाखलाग्दो चलचित्र हेर्ने, पुस्तक पढ्ने, संगीत सुन्ने वा साथीभाइहरूसँग कुराकानी गर्ने बानी बसालौं ।
हल्का एवं सात्विक भोजन गरौं ।
राति छिटै सुत्ने र बिहान सबेरै उठ्ने बानी बसालौं ।
हरियाली एवं स्वच्छ हावापानी भएको स्थानमा घुमफिर गरौं ।
आध्यात्मिक चिन्तनमा समय खर्च गरौं ।