साप्ताहिक संवाददाता
तीनवटै जाडोबाट बचाउने कुरा हुन् । यिनीहरूबीच नजिकको सम्बन्ध छ ।
नवीन पोखरेल
यी तीन कुरा भयो भने जाडोसँग संघर्ष गर्न सकिन्छ ।
कमल घिमिरे
रुई, फुई र दुई तातोका पर्यायवाची शब्द हुन् ।
रूपक नेपाल
दुई अंकको रुई, फुई र दुई कसैसँग हुन्छ, कसैसँग हुँदैन । जोसँग हुन्छ ऊ खुसी हुन्छ ।
मनिता काफ्ले
कसैसँग रुई, फुई हुन्छ तर दुई हुँदैन । त्यस्तो समयमा नमज्जा लाग्छ । ज्यान तताउन सकिँदैन ।
शिरीश विष्ट
तातोको सम्बन्ध छ ।
सन्दीप
सुन्दा मीठो लाग्छ, लय मिलेको छ तर तीनवटै कुरा सबैसँग हुँदैन ।
पवन पौडेल
यी जाडोसँग सम्बन्ध राख्ने कुरा हुन् । रुईको अर्थ सिरक, दुईको अर्थ दुईजना व्यक्ति र फुईको अर्थ आगो हो ।
योञ्जन कान्छी
जाडो भगाउने सम्बन्ध छ ।
आरएन टाटा
सबै जाडो छल्ने माध्यम हुन् ।
आयुश
जाडोमा यी तीन कुरा भएनन् भने कि कठ्याङ्गिँ्रदै बस्नुपर्छ, कि जाडोलाई सराप्दै ।
नेपाली ब्वाय
यी तीनवटै कुरा एकदमै महत्वपूर्ण छन् । किनभने जाडोमा नभई नहुने भनेको नै रुई, फुई र दुई हुन् ।
रुबिना कार्की
निकै गहिरो सम्बन्ध छ नि ।
रुई : सिरक
फुई :आगो
दुई : दम्पती
कुरा सीधा छ ।
विक्रम
मैले सानै हुँदा सुनेको यो भनाइ आज आएर महसुस हुँदैछ । बल्ल कुरा बुझ्दैछु । यी कुरा त जाडो भगाउने माध्यम रहेछन् ।
विष्णु ढुंगाना
रुईको अर्थ कपडा लगाउनु, दुईको अर्थ श्रीमान्–श्रीमती सँगै रहनु र फुईको अर्थ आगो ताप्नु भन्ने बुझिन्छ ।
केदार साम्पाङ राई
त्यसै भन्छन् त उहिल्यैदेखि रुई, फुई र दुई । केही सम्बन्ध होला नि ।
विक्रान्त
यी तीन कुराबीच अन्योन्याश्रित सम्बन्ध छ । नभई नहुने अत्यावश्यक कुरा हुन् यी ।
तेजेन्द्र जिसी
भन्न नमिल्ने त पक्कै नहोला । न्यानोपनको सम्बन्ध पक्कै छ ।
मिनराज बसन्त
रुई र दुईचाहिँ बुझियो । फुईको अर्थचाहिँ बुझिएन ।
सुबेदार तरेबा
केही न केही त सम्बन्ध पक्कै होला नि ।
निरु थापा
यी तीनवटै कुराले न्यानो पार्छन् ।
सविता गौतम
जाडो मौसममा न्यानोका लागि रुईको बाक्लो कपडा फुई–फुई गरेर बालिएको आगो अनि न्यानो आलिङ्नका लागि मन मिल्ने दुई हुँदा गजब हुन्छ ।
प्रशान्त श्रेष्ठ
नङ र मासुको जस्तै सम्बन्ध हुन्छ ।
विमल अधिकारी
जाडोको साथी कपडा, आगो र जोडी भए सुनमा सुगन्ध हुन्छ ।
बुलबुल
यी सबै जाडो मौसमका अत्यावश्यक चिज हुन् ।
भुपाल थापा
यी जाडोमा नभै नहुने अत्यावश्यक सामान हुन् ।
शिव न्यौपाने
जाडोमा तातो बनाउनु छ भने यी तीन कुरा चाहिन्छन् ।
प्रेम श्रेष्ठ
ओली, प्रचण्ड र कमल थापाबीचको जस्तो सम्बन्ध हुन्छ ।
निरज पौड्याल
जाडो याममा सबैले तताउने काम गर्ने भएर होला रुई, फुई र दुईलाई एउटै अर्थमा हेरिएको छ ।
नेवार कान्छा
जाडोमा अघिल्लो दुईको र जीवनमा पछिल्लोको महत्व हुन्छ ।
रमेश भण्डारी
रुई र फुई त मसँग छ तर दुई चाहिँ छैन । यो विषयमा चाहिँ जानकारी भएन ।
सुरज
सबैले तताउने काम गर्छन् ।
बाउडे शर्मा
तीनवटै कुरा हुने व्यक्ति भाग्यमानी हो ।
माया केसी