पुस ७, २०७२
गिनिज बुकमा रेकर्ड गराउन मानिसहरू अनेक चर्तिकला गर्छन् । अनौठो शरीर र व्यवहारका कारण कतिपय जनावरको नाम पनि गिनिज बुकमा लेखिएको पाइन्छ । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै एक व्यक्तिले अनौठो भेडा भेटे ।
आफ्नो शरीरमा ४० किलो उन लिएर हिँडिरहेको उक्त भेडा राम्रोसँग हिँड्न नसक्ने अवस्थामा थियो । जब ट्यामी नामका ती व्यक्तिले उक्त अनौठो भेडाको उन जोखे तब विश्व रेकर्ड नै बन्न पुग्यो । पछिल्लो रेकर्ड (२९ किलो) लाई पछि पार्दै शरीरमा सबैभन्दा बढी ऊन भएको (४० किलो) उक्त भेडा गिनिज बुकमा आफ्नो नाम दर्ता गराउन सफल भयो । ट्यामीले त्यो भेडाको नाम ‘क्रिस’ राखिदिएका छन् ।