साप्ताहिक संवाददाता
अमृता गुरुङ, मोडल
- प्रेम तब हुन्छ, जब कसैप्रति नजानिँदो ढंगले आकर्षित हुन थालिन्छ ।
- प्रेम त्यतिबेला मात्र सम्भव हुन्छ जब दुई व्यक्तिको आत्मा एक–अर्कासँग साटिन्छ ।
- प्रेम दुई मुटुबीचको सम्बन्ध पनि हो, जसलाई जोड्न कुनै भौतिक वस्तुको आवश्यकता पर्दैन ।
- आफूले कसैलाई मन पराउने कुरा बताउन ‘आई लभ यू’ नै भन्नुपर्छ भन्ने छैन, म तिमीलाई कदर गर्छु अथवा सम्मान गर्छु भनेर पनि प्रेम व्यक्त गर्न सकिन्छ ।
- एक–अर्काको व्यक्तिगत काममा आवश्यकताभन्दा बढी चासो दिनु हुँदैन ।
- एकले अर्कालाई काम तथा करियरमा उत्प्रेरित गरिरहनुपर्छ ।
- एक–अर्काले नजानेको कुरा सिकाउनुपर्छ, कुनै कुरा आएन भनेर अपहेलना गर्नुको साटो सिकाउँदा अझ बढी माया बढ्छ ।
- केही समयको अन्तरमा भेटघाट हुँदैछ भने चकलेट, गुलाफको फूलजस्ता उपहार आदान–प्रदान गर्न बिर्सनु हुँदैन, यसले माया थप प्रगाढ हुन्छ ।