साप्ताहिक संवाददाता
नायिका पवित्रा आचार्यलाई पछिल्लो चलचित्र ‘आवेग’ निर्माण सम्पन्न भएर पनि समयमा रिलिज नभैदिँदा साह्रै चित्त दुखेको छ ।
गत वर्ष फागुन ८ गते रिलिज मिति घोषणा गरेर प्रचारप्रसारको कार्यअघि बढाइसकेको अवस्थामा पनि निर्माण पक्षले प्रदर्शन मिति अनिश्चित कालका लागि सारेको थियो । त्यतिबेला चलचित्र आउने भनेर चलचित्र ‘आवेग’को गीत ‘सोल्टिनीले नाचेको लास्टै राम्रो’ रिलिज पनि गरिएको थियो । त्यसपछि अर्को मिति घोषणा गर्ने कुरामा निर्माण पक्ष निष्क्रिय देखिन्छ । श्रीमान् वसन्त निरौलाको निर्देशनमा आफूले राम्रो काम गरे पनि दर्शकसमक्ष चलचित्र आउन नसकेकोमा पवित्रा खिन्न छिन् । आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना डेलालासहित नायिका पवित्राको उक्त चलचित्रमा महत्वपूर्ण भूमिका छ । आवेग प्रदर्शन गर्ने कुरामा निर्माताहरू अघि नसरेकाले निर्देशक निरौला अब अर्को चलचित्र ‘होलिडे’को प्रारम्भिक चरणको कार्यमा व्यस्त हुन थालिसकेका छन् । अब ‘आवेग’को के हुने हो, निर्माताहरूलाई मात्र थाहा होला ।
आवेगको गीत सोल्टिनीले नाचेको लास्टै राम्रो