साप्ताहिक संवाददाता
पुस ८, २०७२
लामो समय लगाएर पकाउनुपर्ने खानेकुराका लागि सम्भव भएसम्म राइस कुकर प्रयोग गरौं ।
ग्याँसमा खाना पकाउनुपरे प्रेसर कुकर छिटो र छरितो हुन्छ ।
घरमा फ्रिज छ भने खानेकुरा एकैचोटि दुई पटकलाई पुग्ने गरी पकाउन सकिन्छ ।
सकेसम्म छिटो पाक्ने खानेकुरा मात्र पकाऔं ।
विद्युतीय केट्ली छ भने ग्याँसमा भात, तरकारी, दाल आदि पकाउँदा तातो पानी प्रयोग गरे छिटो पाक्छ ।
सकेसम्म विद्युतीय सामग्री जस्तै— विद्युतीय चुलो, विद्युतीय जग आदि प्रयोग गरौं ।