साप्ताहिक संवाददाता
भोली देखि प्रदर्शनमा आउने चलचित्र द्यौलीलाई काठमाडौंका दर्शकले पुस १७ गतेपछि मात्र हेर्न पाउनेछन् । पोखराको स्पाइनी ब्याब्लर क्रिएसनले निर्माण गरेको द्यौली सामाजिक कथा बोकेको यथार्थवादी चलचित्र हो ।
शारीरिक रूपमा ठूली र बैंसले भरिएकी एउटी दलित महिला (द्यौली) को जीवनका सामाजिक एवं पारिवारिक पाटोमा आधारित यो चलचित्रमा लोपोन्मुख कटवाल प्रथा, झाँक्री प्रथा, झारा बोलाउने चलनजस्ता गाउँघरका प्रचलनहरू देखाइएको छ । चलचित्रमा अभिनेत्री गीता अधिकारीले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । चलचित्र द्यौलीमा दोस्रो पुस्ताका कलाकारका रूपमा गजित विष्ट र अनु शाहलाई प्रस्तुत गरिएको छ । उनीहरूमार्फत चलचित्रलाई व्यवसायिक मोड दिन खोजिएको छ ।
निर्देशक : घनश्याम लामिछाने
संगीत : वसन्त सापकोटा
कलाकार : गीता अधिकारी, विष्णु गौतम, प्रकाश घिमिरे, विद्या कार्की, शम्भु थापा, अनु शाह, गजित विष्ट तथा बालकलाकार गोपाल भट्टराई ।
चलचित्र द्यौलीको ट्रेलर