साप्ताहिक संवाददाता
त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘आधा पेज’ भोली शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउँदै छ ।
नायिका रिश्ता बस्नेतसँग प्रेममा परेका दुई युवक सलोन र रूपेशसँगको त्रिकोणात्मक प्रेमकथालाई चलचित्रको मूल विषय बनाइएको छ । विशेषगरी यही चलचित्रबाट नेपाली चलचित्रमा पदार्पण गरेका रूपेश न्यौपाने ‘नेगेटिभ नायक’का रूपमा चलचित्रमा देखा पर्दैैछन् । प्रेमजोडी सलोन र रिश्ताको साथीको भूमिकामा रहेका रूपेशले उनीहरूबीचको प्रेम सम्बन्धमा तगारो सिर्जना गरिरहन्छन् ।
दुखान्त कथा बोकेकाले पनि यो चलचित्रको शीर्षक आधा पेज जुराइएको बताइन्छ । चलचित्रलाई रूपक न्यौपानेले प्रस्तुत गरेका हुन् भने यसमा रामजी लामिछानेको नृत्य निर्देशन एवं इन्द्रलाल श्रेष्ठको छायांकन छ ।
निर्देशक : समुन्द्र भट्ट
संगीत : रुपक न्यौपाने
कलाकार : सलोन बस्नेत, रिस्ता बस्नेत, रूपेश न्यौपाने, विपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल आदि ।
आधा पेजको ट्रेलर