साप्ताहिक संवाददाता
पुस ९, २०७२
चलचित्रको पाश्र्व गायनमा व्यस्त भैरहेका गायक प्रल्हाद तिमिल्सिना आधुनिक गायनमा कमै सुन्न पाइन्छ । केही वर्षअघि ‘महक’ एल्बममार्फत सांगीतिक क्षेत्रमा उदाएका गायक तिमिल्सिनाले गाएका चलचित्रका गीतहरु लोकप्रिय हुन थालेपछि उनी पाश्र्व गायनमै सक्रिय भैरहे ।
यतिबेला उनी ‘महक–२’ शीर्षकको दोस्रो एकल एल्बमको अन्तिम तयारीमा छन् । यसै बीच उक्त एल्बमको ‘पिरतीको खेल...’ शीर्षकको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । विकास चौधरीको संगीत तथा निश्चल श्रेष्ठको शब्दको यो गीतको भिडियोलाई नेपाली चलचित्रका व्यस्त नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेका छन् । भिडियोमा गायक तिमिल्सिना आफैंले अभिनय पनि गरेका छन् । उनलाई नायिका वर्षा राउत तथा सेड्रिनाले साथ दिएका छन् ।
पिरतीको खेल... शीर्षकको गीत