साप्ताहिक संवाददाता
पुस १०, २०७२
बलिउड फेसन डिजाइनर एवं ग्रुमिङ गुरु विशाल कपुरको नेपालस्थित आउटलेट ‘पनास रनवे’ का लागि ब्रान्ड मोडल चयन प्रक्रियाको पहिलो चरणको अडिसन सम्पन्न भएको छ । ‘फेस अफ पनास रनवे–२०१६’ शीर्षकमा सञ्चालन हुने यो प्रतियोगितात्मक कार्यक्रमका लागि आवेदन दिएका युवायुवतीहरूको फाइनल अडिसन पुस ११ गते सम्पन्न हुनेछ ।
स्वयं विशाल कपुरको ग्रुमिङ कक्षासहित अन्य ग्रुमिङ र प्रशिक्षणपश्चात् फाइनल प्रतिस्पर्धाबाट एक जना युवा र एक जना युवती फेस अफ पनास रनवे–२०१६ छनौट हुनेछन् । प्रशिक्षणका क्रममा सहभागीहरूलाई पब्लिक स्पिकिङ, उचित एटिकेटदेखि पर्सनालिटी ग्रुमिङका विविध पक्षमा तालिम प्रदान गरिनेछ ।