साप्ताहिक संवाददाता
सबैसँग सहकार्य एवं समझदारी गरी सबैको विचार र भावनाको कदर तथा सम्मान गर्नुपर्छ
राजेन्द्र नगरकोटी
एक–अर्काको विचार तथा भावनाको सम्मान गर्न सक्नुपर्छ ।
महेश्वर फुयाँल विवेक
सबैसँग प्रेमको भावना हुनुपर्छ ।
रविन रहस्य
नाकाबन्दी खोल्नुपर्छ ।
खडक विष्ट
सम्मान, सहयोग, विश्वास तथा आपसी साझेदारीको भावना हुनुपर्छ ।
अमिस डी ढुंगाना
जातपातको नाममा भेदभाव गर्नु हुँदैन ।
बिनिता श्रेष्ठ
सबैमा प्रेमको भावना हुनुपर्छ ।
आयुश शाहि
आपसमा सम्मानको भावना हुनुपर्छ ।
क्रिस्चियन पामु
धार्मिक सहिष्णुता कायम राख्नुपर्छ ।
त्रिकालदर्शी महापुरुष
आफू राम्रो बन्नुपर्छ । समाज त्यसै राम्रो हुन्छ । सबैले आ–आफ्नो मनमा सकारात्मक भावना विकसित गर्नुपर्छ ।
ईश्वरी पोखरेल
आन्दोलन गर्नेहरूविरुद्ध कारबाही गर्नुपर्छ । सामाजिक सद्भाव खलबल्याउने काम गर्नु हुँदैन ।
चन्द्र कँुवर
रिस, राग तथा घमन्ड त्याग्नुपर्छ । प्रेमको भावना जगाउनुपर्छ ।
सुदीप पौडेल
नेताहरूको बुद्धिमा घाम लाग्नुपर्छ । जनता त यसै मिलेकै छन् नि ।
दिल तमु
सबैको विचार र भावनाको सम्मान गर्नुपर्छ । विचारमा सहमत हुनु, असहमत हुनु बेग्लै कुरा हो ।
सुमन शाक्य
मेलमिलापको नीति पछ्याउनुपर्छ ।
सुमन श्रेष्ठ
समझदारीपूर्वक अघि बढ्ने हो भने सद्भाव वृद्धि हुनुका साथै नेपालको आर्थिक विकाससमेत हुनेछ ।
नारायण पौडेल
सबैले आफू को हुँ चिन्नुपर्छ ।
रवीन्द्र पंगेनी
धार्मिक सहिष्णुता एवं मेलमिलापको नीति लिएर अघि बढ्नुपर्छ ।
लीलाराज भट्टराई
समझदार अनि सहनशील हुनुपयो ।
डब्लु याक्थुंगा
एक–अर्कालाई बुझ्नुपर्छ ।
खड्ग रानामगर
एक–अर्कामा सहयोगको भावना हुनुपर्छ । मिलनसार भावनाको विकास गर्नुपर्छ ।
सुरक्षा घिमिरे/विकास पौडेल
सबै धर्म, संस्कृति एवं भाषाको सम्मान गर्नुपर्छ ।
प्रदीप न्यौपाने
सबैले आ–आफ्नो हठ त्याग्नुपर्छ । यद्यपि यो काम सजिलो छैन । साहसका नाममा घमन्ड पालेर बस्ने धेरै छन् यहाँ ।
सपना श्रेष्ठ
प्रेमका बिरुवाको वृक्षारोपण थाल्नुपर्छ ।
टंक चौलागार्इं
जनचेतना र शिक्षा आवश्यक छ । त्यो भन्दा पनि समुन्नत समाजको आवश्यकता छ ।
अनिल उत्सव
छिमेकी कथाको गुमाने अनि धनजितेको जस्तो बानी हुनुपर्छ नेपाली नेपालीहरूमा ।
भगवान
सबैको सोच सकारात्मक हुनुपर्यो । कालालाई विदेशी र गोरालाई राष्ट्रवादी बनाइँदाको परिणाम हो द्वेष र विभाजन ।
सुवास लम्साल
कानुनको प्रयोग कडा रूपमा हुनुपर्छ । हरेकले आफ्नो काम गरेर खान पाउनुपर्छ ।
विनोद खतिवडा