साप्ताहिक संवाददाता
काठमाडौं मलस्थित फेसियल हाउसले आफ्नो आठौं वार्षिकोत्सव मनाउने क्रममा विभिन्न हेयर स्टाइल, मेकअप तथा फेसनलाई र्याम्पमार्फत प्रस्तुत गरेको छ । फेसन शोमा मेकअर र हेयर स्टाइल शोलाई महत्व दिने उद्देश्यले फेसनसँगै हेयर र मेकअपको शो गरेको छ ।
फेसन शोमा अभिनेता भुवन केसी सोज स्टपरका रूपमा प्रस्तुत भएका थिए । अभिनेता नवीन लम्साल र अभिनेत्री रूपा खनाल सिक्वेन्स स्टपरका रूपमा र्याम्पमा उत्रिएका थिए । करिब दुई घन्टासम्म सञ्चालन भएको फेसन शोमा विभिन्न ६ सिक्वेन्समा मोडल र्याम्पमा उत्रिएका थिए । उक्त फेसन शोमा ओचु जिन्सका सुनिल महर्जनले तयार पारेका जिन्सका फेसन, प्रेम डियोले तयार पारेका बेहुली पहिरनमा र मोडलहरू विन्टर स्कर्ट र विन्टर क्याजुअल पहिरनमा उत्रिएका थिए ।
अन्तिम सिक्वेन्समा मोडलहरू लेहेंगा चोलीमा उत्रिएका थिए । कार्यक्रममा निरु खड्काको प्रहसन, निशा देशार, शिव संगीत, मेनुका राईको गायन, रविन थापा र विभिन्न बाल कलाकारहरूको नृत्य कार्यक्रमको आकर्षक बनेको थियो ।