साप्ताहिक संवाददाता
पुस १३, २०७२
आजभोलि चोलीपछाडि कुन् दुशासन्ले काट्यो
तिघ्रामुन्तिरको पूरै वस्त्र कुन् दुर्योधन्ले छाँट्यो
गोपिनीका फुल् वस्त्र लुकाएर न्युड् हेर्ने कृष्णले
द्रौपदीलाई धोती दिए भनेर व्यासले क्या ढाँट्यो ।
०००
निद्राको सडकमा सपनाको सवारी
विवाहपहिले नै बच्चाको तयारी
हिन्दी सिरियलले गर्दा भन्नै गार्हो भो
कुनचाहिँ सासूआमा, कुनचाहिँ बुहारी ।